वडा कार्यालय भिरकोटले २ ठाउँबाट सेवा प्रवाह गर्ने ।

सुजन काफ्ले
दोलखा । जिल्लाको तामाकोसी गाउँपालिका – १ भिरकोटले २ ठाउँबाट सेवा प्रवाह गर्ने भएको छ।
हालको वडा कार्यालय र सामुदायिक सेवा केन्द्र गरेर २ ठाउँबाट सेवा प्रवाह गर्ने भएको हो।
हालको वडा कार्यालयबाट मात्र सेवा प्रवाह गर्दा माथिल्लो भेगका स्थानीयहरुलाइ अपायक परेकोले २ ठाउँबाट सेवा प्रदान गर्न लागिएको वडा अध्यक्ष महेश काफ्लेले जानकारी दिए।
आगामी चैतबाट महिनाको २ दिन भेटेनरी सहित वडाका सम्पुर्ण सेवा माथिल्लो भेगमा निर्माण गरिएको सामुदायिक केन्द्र डडुवाबाट सेवा प्रवाह गरिने काफ्लेले जनाए।

यो सेवा उपलब्ध भएसगै साबिकको वडा ५,६ र ७ का स्थानीयलाई सहज हुने भएको छ।

Back to top button