ट्राफिक नियम उलंघन गर्ने २० वटा सरकारी सवारीसाधन कारबाहिमा

सुजन काफ्ले
दोलखा। ट्राफिक नियम पालना नगर्ने २० वटा सरकारी सवारीसाधन कारबाहिमा परेका छन
सिटबेल्ट नलगाउने , सवारी चालक अनुमती पत्र नभएका लगायत ट्राफिक नियम पालना नगर्ने २० वटा सरकारी सवारीसाधन कारबाहिमा परेका हुन।
कारबाही पर्नेहरुमा सिटबेल्ट नलगाउने १० वटा जिप/कार र चालक अनुमती पत्र नभएका १० वटा मोटरसाइकललाई कारबाही गरिएको दोलखाका ट्राफिक प्रमुख भानुभक्त नेपालले बताए ।
सरुवा भएर दोलखा आएदेखि नै ट्राफिक नियममा कडाइ गर्दै आएका नेपालले ट्राफिक नियम सम्बन्धि विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएका छन।
सरकारी सवारिसाधनको दुरुपयोग बढेको गुनासो आएपछि चेकिङमा कडाइ गरिएको नेपालले बताए। ट्राफिक नियम उलंघन गर्ने जुनसुकै सवारिसाधनलाई पनि कारबाही गरिने ट्राफिक कार्यालयले जनाएको छ।
सडकमा सवारीको चाप बढेपनि  सवारी दुर्घटना र मृत्यु हुनेको सङ्ख्यामा कमि आएको नेपालले बताए। राजस्व सङकलन भन्दा पनि दुर्घटना न्यूनीकरण गर्नु आफ्नो उदेश्य रहेको उनको  भनाइ रहेको छ।

 

Back to top button