हिराको वर्षा भएपछि

काठमाडौँ । हिराको वर्षा भएको कहिल्यै देख्नु वा सुन्नु भएको छ ? चलचित्रमा वा कार्टुनमा विरलै देखिने दृश्य ब्रह्माण्डमा देखियो भने आश्चर्यमा पर्नु पर्दैन । पृथ्वीमा त यस्ता दृश्यहरु कल्पना भित्र मात्रै अटाए पनि सौयमण्डलमा रहेको वरुण नामक ग्रहमा भने हीराको वर्षा पनि हुने गर्दछ ।

वैज्ञानिकहरूका अनुसार वरुण ग्रहको वायुमण्डलमा अन्यन्त घनत्वयुक्त कार्वन भएको ग्रह हो । जहाँ हीराको वर्षा भएको दूरविनबाट देख्न सकिने वैज्ञानिकहरुको दाबी छ ।

पृथ्वीबाट सबैभन्दा टाढाको ग्रहको परिचय पाएको यो ग्रहको तापक्रम माइनस २ सय डिग्री सेल्सियस हुन्छ । खगोलशास्त्रीय चिह्न त्रिशूल रहेको वरुणमा कैयौँ रोचक विचित्रका बस्तुहरु देखिँदै आएका छन् ।

Back to top button