मेलिना राईको ‘धड्किरहन्छ मुटुभरी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं : मेलीना राईको स्वरमा सजिएको ‘धड्किरहन्छ मुटुभरी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा साहित्यकार कवि एबम पुर्ब सहरी मन्त्रालयका पुर्ब सचिव दिपेन्द्रनाथ शर्माको शब्द, कन्काइष्ट राईको संगीत र देबेश राईको एरेन्ज रहेको छ ।

मर्मस्पशि शैलिको यस गीतको भिडियोमा नायिका वर्षा राउत र मोडल कुङसाङ बम्जनको अभिनय रहेको छ । त्यसैगरि भिडियोको छायाँकनमा बुद्व थापा, सम्पादनमा बिकास धमला र निर्देशन निकेश खड्काले गरेका हुन ।

भिडियोमा जातिय माया प्रेम र्दशाइएको छ । एउटा दलित केटाले खान्दानी केटीलाई घृण्ती समाजबाट विवाह गरेर भगाएर लगेको देख्न सकिन्छ । एक अर्काले आफ्नो माया पाउन संघर्ष गरे आफ्नो छुटै संसार बानाएका छन् । अझै पनि नेपाली समाजमा अन्तरजातिय मायाको विरोधीहरु भेटिन्छन्।

युवापुस्ताको प्रेम भावलाई प्रस्तुत गरेर तयार गरिएको गीतको भिडियोलाइ यस गीतका संगीतकार कन्काइष्ट राईको अफिसियल च्यानलमा अपलोड गरिएको छ ।

Back to top button