प्रेमीसँग लगनगाँठो कस्दै गायिका अञ्जु पन्त

काठमाडौँ । लोकप्रिय गायिका अञ्जुु पन्तले इलामका थिर कोइरालासँग बिहे गर्ने पक्का पक्की भएको छ । पछिल्लो १ वर्षदेखि थिरसँग प्रेममा रहेका अञ्जु र थिरले विबाहको कुरा भइरहेको भएता पनि समय भने अझै तोकिनसकीएको बताएका छन् ।

अर्को वर्षतिर विबाहको योजना बनाएको भएता पनि पछिल्ला दिनमा बजारमा विबाह गर्नै लागे अञ्जु र थिरले भन्ने हल्लाले आँफुहरुलाई थप दबाब भएको अञ्जुका प्रेमी थिरले प्रतिक्रिया दिएका छन् ।

एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स गरेकी गायिका अञ्जु पन्तकी छोरी परितोषिका छिन् । अञ्जुले यसअघिका विभिन्न अन्तरवार्तामा छोरीको सल्लाहपछि विबाह गर्ने मनस्थितमा पुगेको उल्लेख गरेकी थिइन् ।

Back to top button