हिमालयन बैंकले मोबाइल बैंकिङबाट राजस्व भुक्तानीे हुने

हिमालयन बैंकले आफ्नो मोबाइल बैंकिङ सेवाबाट नेपाल सरकारको राजस्व भुक्तानी हुने प्रणाली शुरुआत गरेको छ ।

उक्त सेवाको शुरुआतसँगै बैंकका ग्राहकले अब सरकारी कर तथा राजस्व हिमालयन बैंकको मोबाइल बैंकिङ एप्सबाट सजिलै भुक्तानी गर्न सक्नेछन् । बैंकले एनसीएचएलको नेसनल पेमेन्ट्स इन्टरफेसमार्फत नै थप सेवाको रुपमा यसलाई विस्तार गरेको हो । यस्तै, मोबाइल बैंकिङको एनपीआइमार्फत सरकारी भुक्तानी गर्ने व्यवस्था गर्ने हिमालयन बैंक पहिलो बैंक भएको छ ।

बैंकले पहिलेदेखि नै आफ्नो मोबाइल बैंकिङ च्यानलबाट कनेक्ट आइपिएसमार्फत रियल टाइम अनलाइन फण्ड ट्रान्स्फर सेवा प्रदान गर्दै आएको छ । यस्तै, मोबाइल बैंकिङबाट थप गरिएको सरकारी भुक्तानीको सेवाले राजस्व सङ्कलनको प्रक्रियामा ग्राहक एवं सरकारी पक्ष दुवैलाई सहज हुने विश्वास गरेकोे छ ।

अब अनलाइनमार्फत सरकारी कर तथा राजस्व भुक्तानी कनेक्ट आइपिएसको मोबाइल बैंकिङ एप्ससहित हिमालयन बैंकको मोबाइल बैंकिङ एप्सबाट पनि गर्न सकिने छ । हिमालयन बैंक वाणिज्य बैंकमध्येमा एक अग्रणी बैंक हो । यसले आफ्ना विभिन्न वैकल्पिक सेवा प्रणालीमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Back to top button