मनकामनामाइले हामी सबैको रक्षा गरुन, हेर्नुहोस आजको राशीफल

मेषः– अस्थिरता बढ्नेछ । समयमा काम गर्न नसक्दा उपलब्धि गुमाउनु पर्नेछ । अनावस्यक वाहिरी काममा धेरै समय खर्च हुनेछ । विश्वास र भरोसामा काम गर्दा डुबिनेछ । व्यापार व्यवसायमा गरेको लगानी डुब्न सक्छ । परबन्धनको सम्भावनालाई नकार्न सकिन्न । मिथ्या कुराले सताउनेछ । जोखिम मोलेर काम नगर्नु होला ।

वृषः– दिनको अधिकाँश समय अनुकुल देखिन्छ । आम्दानीका नयाँ मार्ग फेला पर्ने छन् । आफन्तको सहयोग सहानुभूति मिल्नेछ । व्यापार व्यवासयबाट आम्दानी बढ्नेछ । समयको सदुपयोग गर्नु होला कुनै काम पछि गर्छु भनेर नराख्नु होला आम्दानी गुम्नेछ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । पारिवारिक जीवन शुरु हुनसक्छ ।

मिथुनः– समय परिस्थितिले साथ दिनेछ । गएका ठाँउमा मान सम्मान मिल्नेछ । काममा सहजता र सरलता आउनेछ । नोकरी तथा राजनीतिमा सामान्य सफलता मिल्नेछ । उदाहरणीय र प्रशंसनिय काम हुनेछन् । काम गर्ने जोश जागर घट्ने छैन । बोलिको प्रभाव कम पर्नेछ । व्यवसायिक गतिविधि अगाडि बढ्ने छन् ।

कर्कटः– समयमा विस्तारै सुधार आउनेछ । मानसिक तनाव घट्नेछ । दुविधामा नपर्नु होला । कुटनैतिक विधि प्रयोग गरेर काम गर्नु होला । साना साना कुरामा हेलचक्र्याई गर्नु भयो भने पछि दुःख पाउनु हुनेछ । दीक्षा यात्राको सम्भावनालाई नकार्न सकिन्न । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन ।

सिंहः– काम गर्ने वातावरण खलबलिनेछ । गएका ठाँउमा अपमानित हुने अवस्था आउन सक्छ । मानसिक तनाव बढ्नेछ । गलत व्यक्तिको संगले पोल्ने छ । अनावस्यक काम बढि हुनेछन् । व्यापार व्यवसायमा अझै सुधार देखिन्न । स्वास्थ्य कामजोर हुनेछ । पारिवारिक सन्तुष्टि कम मिल्नेछ ।

कन्याः– मनलाई नियन्त्रणमा राखेर काम गर्नु होला । समयको सदुपयोग गर्न पछि नपर्नु होला । वैदेशिक कामबाट लाभान्वित हुनुहुनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । आयत निर्यात व्यापारबाट आय आर्जन बढ्नेछ । पारिवारिक सुख शान्ति मिल्नेछ । समयमा कामको टुङ्गो लगाउनु होला नत्र पछि पश्चताप हुनेछ ।

तुलाः– विरोधी आफै कमजोर हुदै जानेछन् । आफ्ना आन्तरिक कुरा कसैलाई नभन्नु होला । मेहनतबाट मात्र लक्ष्यमा पुग्न सकिनेछ । प्रतिश्पर्धामा सफल हुनुहुनेछ । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्ने छन् । घरका समस्याबाट मुक्ति भने मिल्ने छैन । अरुको भर नपर्नु होला ।

वृश्चिकः– कार्य योजना बनाएर अगाडि बढ्नु होला । आफ्नो काममा आफै अग्रसर भएर गर्नु होला । इष्टमित्र साथी भाईको भर परेर कुनै काम नगर्नु होला धोका हुनसक्छ । पढाई लेखाईमा थोरै प्रगति हुनेछ । संघर्षबाट सफलताका सिढि चढ्न सजिलो हुनेछ । झुट्टा आश्वासनको पछि नदौडिनु होला ।

धनुः– घर व्यवहार कसरी चलाउने भन्ने चिन्ता बढ्नेछ । स्पष्ट नीति नहुदा अगाडि बढ्न सकिने छैन । आम्दानीबाट विमुख हुने अवस्था आउन सक्छ । खर्च नियन्त्रण गर्न गाह्रो हुनेछ । आलस्यता बढ्नेछ । पढाईमा ध्यान कम जानेछ । विश्वास गरेका व्यक्तिले धोका दिन सक्छन् सर्तक हुनुहोला । व्यापार घट्नेछ ।

मकरः– समयको सदुपयोग गर्नु होला नत्र अवसर फुत्किन सक्छ । काम गर्न सके कमाई राम्रै हुनेछ । स्वतन्त्र उद्योग धन्दा बन्द व्यापारबाट आय आर्जन बढ्नेछ । अरुबाट सहयोगका धेरै आशा नगर्नु होला । जीवन साथीको सहयोग लिएर काम गर्दा उपलब्धि राम्रै हात लाग्नेछ । पठन पाठनमा भने प्रगति हुनेछ ।

कुम्भः– घमण्ड गरेर कुनै फाईदा हुने छैन । कुरा मात्र होईन आफ्नो काममा दत्तचित्त भएर लाग्नु होला । भाग्यले थोरै साथ दिनेछ । वैदेशिक कामबाट आंशिक लाभ हुनेछ । नोकरी तथा राजनीतिमा भूमिकाको खोजी गर्नु होला नत्र आफुले लिने ठाँउ अरुले लिने छन् । आर्थिक संरचनालाई नचलाउनु होला ।

मिनः– समयले साथ दिनेछ उपयोगिताको सिद्धान्त नछोड्नु होला । भाग्य भन्दा कर्ममा विश्वास गरेर अगाडि बढ्नु होला । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । मित्रहरु सँग भेटघाट हुनेछ । कुटनैतिक क्षेत्रमा सफलता मिल्नेछ । आर्थिक कारोवारमा विशेष चनाखो हुनुहोला । पारिवारिक सुख मिल्नेछ । पढाईमा प्रगति हुनेछ ।

Back to top button