
काठमाडौं । नायिका सुस्मा कार्कीले आफुलाई नायिका श्वेता खड्काकी बहिनी आरती खड्काले हातपात र दुब्र्यबहार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् ।
मंगलबार दिउसो महानगरीय प्रहरी बृत्त दरवारमार्गमा सुस्माले उजुरी दिएकी छिन् । प्रहरीले दुबै पक्षलाई बोलाएर छलफल गर्ने जनाएको छ ।
सुस्माले नायिका श्वेता खड्काकी बहिनी आरती खड्का र पत्रकार उत्सव रसाईली बिरुद्ध उजुरी दिएकी छिन् । राजधानि दैनिकमा खबर छ । सोमबार राती दरबारमार्ग स्थित लण्डन क्याफेमा आफुमाथी दुब्र्यबहार भएको भन्दै सुस्माले उजुरी दिएको प्रहरीको भनाई छ ।
घटनामा संलग्न पत्रकार रसाइलीले सुस्माले आफुलाई जातिय टिप्पणी गर्दै अपमान गरेकाले श्वेताकी बहिनी आरतीले आफुलाई प्रोटेस्ट गर्दै सुस्मालाई एक थप्पड हानेको बताएका छन् ।