उत्सव रसाइली भन्छन्, ‘शुष्मा कार्कीले मलाई जातिय रुपमा अपमान गर्दै ‘कामी’ भनेपछि आरतीले एक झापड लगाएकै हो’

काठमाडौं । नायिका सुष्मा कार्कीले आफूमाथि कुटपिट तथा गालीगलौज भएको भन्दै प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । कार्कीले मंगलबार दिउँसो काठमाडौंको महानगरीय प्रहरी वृत्त, दरबारमार्गमा उजुरी दिएकी हुन । गएराति दरबारमार्गको लन्डन पब क्याफेमा झगडा भएको र आफु कुटिएको भन्दै कार्की उजुरी दिन पुगेको प्रहरीले बताएको छ ।

कार्कीले स्वेता खड्काकी बहिनी आरती खड्का र पत्रकार उसत्व रसाइलीविरूद्ध उजुरी दिएकी छिन् । घटनाको बारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।नेपालसमचारपत्रमा खबर छ । यता उसत्वले भने कार्कीले तथानाम गाली गरेको र आफुमाथि दुर्व्यवहार भएपछि आरती खड्काले आफुलाई प्रोटेक्ट गर्न झापड हानेको बताएका छन् ।

Back to top button