राष्ट्रपतिको चरित्र हत्या गरेको भन्दै रामकुमारी झाँक्रीमाथि कारवाहीको माग

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापालाई अलग अलग ज्ञापनपत्र बुझाएर अखिल नेपाल महिला सङ्घ ९अनेमसङ्घ०ले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध ‘अशोभनीय टिप्पणी’ गर्ने निवर्तमान सांसद रामकुमारी झाँक्रीलाई कारवाही गर्न माग गरेको छ ।

अनेमसङ्घका अध्यक्ष सीता पौडेललको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री निवास बालुवाटार र गृहमन्त्री थापालाई सिंहदरबारस्थित मन्त्रालयमा भेटी ज्ञापनपत्र बुझाभएको हो ।

ज्ञापनपत्रमा झाँक्रीले देशभरका एकल महिलामाथि अपमान गर्नेगरी सेतो सारीको प्रसङ्ग उठाएको र राष्ट्रपति भण्डारीको व्यक्तिगत चरित्र हत्या गरेकाले तत्काल कारवाही माग गरिएको सङ्घका सचिव सुजिता शाक्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले झाँक्रीलाई कारवाही गर्न प्रहरी प्रमुखलाई निर्देशन दिने बताउनुभयो । सङ्घले झाँक्रीलगायत यस्ता अभिव्यक्ति दिने अन्यलाई पनि तत्काल पक्राउ गरेर कारवाही गर्नसमेत माग गरेको सङ्घका सचिव शाक्यले बताउनुभयो ।

अनेमसङ्घले संसद् विघटनसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा बहस गरिरहेका अधिवक्ताकाविरुद्ध सडकमा दिएका अभिव्यक्तिप्रति ध्यानाकर्षण गराएको छ ।

ज्ञापनपत्रमा संसद् विघटनको पक्षमा बहस गर्ने अधिवक्तालाई सडकमा ल्याउने अभिव्यक्ति दिएको भन्दै त्यस्ता गतिविधि रोक्न पनि अनेमसङ्घले गृहमन्त्रीको ध्यानाकर्षण गराएको अनेमसङ्घकी केन्द्रीय सदस्य संयोजक दीपा शर्माले बताउनुभयो ।

Back to top button