स्रोत नखुलेको एक लाख भारतीय नोटसहित अजय पक्राउ

स्रोत नखुलेको एक लाख चार हजार भारतीय रुपैँयासहित एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा झापा दमक नगरपालिका–९ पाडाजुङ्गीका ३१ वर्षीय अजय बलकोटी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । शङ्का लागेर चेकजाँच गर्दा भारतीय रुपैयाँ पाँच सय दरका २ सय ८ थानसहित उहाँलाई मोरङको मटेरुवाबाट आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो ।

आवश्यक कानूनी कारवाहीका लागि उहाँलाई एकीकृत भन्सार जाँचचौकी विराटनगरमा बुझाएको उहाँले बताउनुभयो ।

गाडी पक्राउ

यसैगरी, बेवारिसे अवस्थामा रहेको एउटा बोलेरो गाडी प्रहरीले आज सुनवर्षी नगरपालिका–८ बाट बरामद गरेको छ ।

को२च २७८६ नं लेखिएको सो गाडी यातायात कार्यालय इटहरीमा दर्तामा नरहेको प्रहरीले जनाएको छ । आवश्यक अनुसन्धान र कानूनी कारवाहीका लागि गाडीलाई विराटनगर भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ ।

Back to top button