प्रमोद खरेलः कथा सुनाउँदै इटहरीमा

सुनसरी । सुनसरीको इटहरीमा शुक्रबार साझ गायक प्रमोद खरेलले आफ्ना गीतसंगीत र कथा सुनाउने भएका छन । अ स्टोरी अफ योङ हर्टको आयोजना हुन लागेको एक कार्यक्रममा सहभागी हुनका लागि गायक खरेल इटहरी आउने भएका हुन । इटहरीस्थित ओसियन पार्क एन्ड रिसोर्टमा हुन लागेको उक्त साझमा गायक खरेलले आफ्नो लाइफ स्टोरी सुनाउने आयोजक समितिका प्रबन्ध निर्देशक सुजन घिमिरेले बताए ।

गायक खरेलले आफनो स्टोरीसँगै आफ्ना दर्जन बीढ गीत पस्कने कार्यक्रम रहेको निर्देशक घिमिरेले बताए । झन्डै १ वर्षअघिबाट स्टोरी सुनाउने कार्यक्रमको आयोजना गरिएको भए पनि लकडाउनले गर्दा कार्यक्रम गर्न सकिरहको थिए । राजधानिक दैनिकमा खबर छ । सफल व्यक्तित्वहरूको स्टोरी सुनाउँदा युवाहरूमा सकारात्मक ऊर्जा उत्पन्न हुने भएकाले युवाहरूलाई लक्षित गरेर यो कार्यक्रम सुरु गरिएको आयोजक अ स्टोरी अफ योग हर्टले जनाएको छ । जसअन्र्तगत विद्यार्थीहरूले कार्यक्रममा प्रवेश गर्नका लागि न्यूनतम शुल्क राखिएको जनाएको छ ।

शुक्रबारको कार्यक्रममा डाइनामिक ब्यान्डले समेत प्रस्तुति गर्ने बताइएको छ । शुक्रबारको साँझमा आउने दर्शकहरूले फेमिली प्याकेज, साधारण प्याकेजका टिकटहरू बिक्री गरिएको छ । गायक कमल खत्रीले इटहरी आएर लक डाउनअघि यसभन्दा पहिले आफ्नो स्टोरी सुनाइसकेका छन् ।

Back to top button