आकाशको पर्खाइमा पुजा

काठमाडौं । गायिका अञ्जु पन्तको आवाज रहेको गजल गीत ‘पुरानो घाउ’ सार्वजनिक भएको छ । चन्द्र प्रसाई ‘परिस्कृत’ को शब्द रहेको गीत मेलोडियस शैलीमा तयार पारिएको छ । गीतकार प्रसाईका यसअघि प्रेमको कथा, कथा मृत्युको लगायतका गीत निकै चलेका थिए । सार्वजनिक गीतमा संगीत सन्तोष श्रेष्ठले भरेका छन् भने विष्णु अधिकारीको एरेन्ज, विश्व अधिकारीको रेकडिङ, मिक्सिङ र मास्टरिङ रहेको छ ।

अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको अभिनय रहेको भिडियो निर्देशन देवेन्द्र पाण्डेले गरेका हुन् ।सौर्य दैनिकमा खबर छ । भिडियोमा आकाश र पुजालाई निकै आकर्षक तरिकाले उतारिएको निर्देशक पाण्डेले बताए । इनाक्षी इन्टरटेनमेन्टले निर्माण गरेको भिडियोमा उत्सव दाहालको छायांकन तथा विकास दाहालको सम्पादन छ । भिडियोको प्रोडक्सन म्यानेजर दीपेन गौतम हुन् ।

Back to top button