कुशल र सुनितामीको सबैलाई रुवाउने मार्मिक गीत‘अभागी त म हुँ’ सार्वजनिक

नवीनरुक्मिणी भट्टराईको लोकगीत ‘अभागी त म हुँ’ सार्वजनिक भएको छ । शिव सुवेदी युट्युब च्यानलबाट आएको गीतले बजारमा आउनासाथ स्रोता÷दर्शकको मन जित्न सफल भएको छ । गीतले केही दिनमै दुई लाख ५३ हजारभन्दा धेरै ‘भ्युज’ पाएको छ । यसमा अर्घाखाँचीका कुशल बेल्बासे र सुनितामी परियारले स्वर दिनुभएको छ ।

गीतमा डा शिव सुवेदीका शब्द र सङ्गीत छन् भने सङ्गीत संयोजन विनोद बाजुरालीले गर्नुभएको छ । भिडियोमा खेम सेञ्चुरी र जुना गुरुङले अभिनय गर्नुभएको छ । भिडियोको निर्देशन विनोद भण्डारीले गर्नुभएको हो । डा सुवेदीका ‘घाम जस्तो चम्किलो जून हुँदैन’, ‘भुमरीमा परेँ भने म’, ‘आमा तिम्रो दूधको भारा’, ‘खै हाम्रो दिलमा त घामै लागेन’, ‘कल्पनामै भए नि देख्छु भनेको’ ‘बाँचेको छु धन्न’, ‘आफ्नो पन’ लगायत गीत बजारमा छन् ।

Back to top button