चार वर्षमा १७ जनाको बलात्कारपछि हत्या

काठमाडौँ, २६ माघ । पछिल्लो झन्डै चार वर्षमा १७ जनाको बलात्कारपछि हत्या भएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ। २०७४ सालयता बलात्कारका घटना ७ हजार १ सय ७० वटा भएकामा १७ जना मारिएका हुन्। ०७०र७१ मा मुलुकभर बलात्कारका ९ सय ५ वटा घटना भएका थिए। ०७६र७७ सम्म आइपुग्दा दुई गुणा बढेर २ हजार १ सय ४६ वटा घटना भएको प्रहरी अभिलेखमा छ।

प्रदेश १ मा बढी घटना भएको देखिन्छ। ०७४र७५ मा ३ सय ४८, ०७५र७६ मा ५ सय ४८, ०७६र७७ मा ४ सय ८५ र ०७७र७८ को पुससम्म ३ सय २५ वटा घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।यो अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

संख्यात्मक रूपमा प्रदेश १ मा धेरै घटना देखिए पनि वृद्धि भने सुदूरपश्चिममा देखिन्छ। प्रहरी मुख्यालयका अनुसार ०७४र७५ मा सुदूरपश्चिममा ९३ वटा बलात्कारका घटना भएका थिए। ०७५र७६ मा १ सय ७१, ०७६र७७ मा २ सय १ र ०७७र७८ को पुससम्म १ सय २३ वटा घटना भएको देखिन्छ।

Back to top button