बिहेमा करोडौँ खर्च,बिलासी जिवन,माझी बस्ती अलपत्र अनि दुनियासँग हारगुहार गरेर समाजसेवा (भिडियो सहित)

काठमाडौं । समाजसेवा केका लागि गर्ने ? ‘समाजसेवी’ पहिले यो कुरामा स्पष्ट हुनु जरूरी छ । अरूको देखासिकी गरेर समाजसेवा गर्ने कि नाम, चर्चा र ख्यातिको मोहमा परेर समाजसेवाको ढोँग रच्ने ? फगत आत्मसन्तुष्टिका लागि गर्ने कि कुनै आश–अपेक्षा नराखी मनदेखि नै गर्ने ?एक वास्तविक समाजसेवीमा सेवाकर्मबाट आउने कुनै पनि प्रतिफलको लालच भने हुँदैन, हुनुहुँदैन । आफूले आर्जन गरेको ख्याती र सम्मानलाई समाजसेवामा जोडेर त्यसबाट अन्य आन्तरिक र बाह्य फाइदा पनि समाजसेवीले हेर्दैन, हेर्न हुँदैन ।

तर, आजकल साँच्ची समाजसेवा गरेर जनताको मन–मनमा बस्ने केही समाजसेवीलाई छाडेर भन्ने हो भने समाजसेवाको नाममा चर्चा बटुल्न खोज्नेहरूकै भीड देखिएको छ । ‘समाजसेवी’ बनेर वाहवाही बटुल्ने अनि त्यही नामलाई भजाएर व्यक्तिगत व्यापार–व्यवसायलाई बढावा दिने गजबको शैली अपनाएका छन् कथित समाजसेवीहरूले ।

यसै क्रममा नायिका श्वेता खड्काले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी १४ मा निर्माणाधीन माझी बस्तीबाट हात झि’केकी छन् । श्वेताश्री फाउण्डेसनको अगुवाइमा नायिका श्वेताले ५३ घर माझीका लागि एकीकृत बस्ती बनाउने घोषणा गरेर २०७४ जेठ १५ बाट निर्माण सुरु गरेकी थिइन् । तर, हालसम्म सो बस्ती निर्माण सम्पन्न भइसकेको छैन ।

सोही समयमा बस्ती निर्माणमा जुटेका कलाकार तथा समाजसेवी सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले चारवटा एकीकृत बस्ती निर्माण सम्पन्न गरेर समुदायलाई हस्तान्तरणपछि चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जुटेका छन् । तर, नायिका श्वेताले थालेको माझी बस्ती निर्माण सम्पन्न भएको छैन । जसको चौतर्फी आ’लोचना भइरहेको छ ।

बस्ती निर्माण सम्पन्न गर्न नसकेकी उनले करोडौँ खर्चेर विवाह र पार्टी गरेको तथा एक क्लवमा भएको झ’गडा’मा उनको उपस्थिति रहेको समाचार सार्वजनिक भएपछि उनलाई झनै आ’लो’चित बनाएको छ ।

त्यसमाथि धुर्मुस सुन्तलीको अभियानसँग आफूलाई दाँजेर माझी बस्ती निर्माणका लागि सहयोग आह्वान गरेपछि उनको अभियानबारे सबैको चासो र जिज्ञासा बढ्यो । तर, उनले सहयोग मागिरहँदा सो बस्ती निर्माणबाट उनले हात झि’किसकेको खुलेको छ ।

बस्ती ऋणमा डु’बेको छैन

नायिका श्वेताले माझी बस्ती ऋणमा डु’बेको भन्दै सार्वजनिक रुपमा सहयोगको अपील गरेकी थिइन् । तर, सो बस्ती ऋणमा नडु’बेको चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमान सिं तामाङले जानकारी दिए ।

माझी बस्ती ऋणमा डुबेको भन्दै नायिका श्वेताले सहयोगको अपील गरेकी छन्, कति ऋण लागेको छ ? भन्ने जिज्ञासामा मेयर तामाङले भने, ‘माझी बस्ती ऋणमा डु’बेको भन्ने मलाई लाग्दैन ।’ किन ? पुनः जिज्ञासा राख्यो । ‘माझी बस्तीका लागि सरकारकाले दिएको प्रत्येक घरका लागि तीन लाख, स्थानीय निकाय, जिल्लास्तरलगायतबाट आर्थिक सहयोग भएको छ’, मेयर तामाङले जवाफ दिए ।

उनले भनेजस्तै सो नगरपालिकाकी उपप्रमुख जानुका पराजुलीले पनि सो बस्ती निर्माणका लागि भूकम्प पीडितले पाउने प्रत्येक परिवारको तीन लाख रुपैयाँ, नगरपालिका र जिल्ला इकाइ कार्यान्वयनले पनि आर्थिक सहयोग गरेको जानकारी दिइन् । साथै सो बस्ती निर्माणका लागि विभिन्न संघ संस्था र व्यक्तिगत रुपमा आर्थिक सहयोग भएको छ ।भिडियोसहित

Back to top button