नेपालमा घट्यो कोरोना संक्रमितको दर,आज ८१ जनामा संक्रमणको पुष्टि, १११ सङ्क्रमणमुक्त

काठमाडौ । नेपालमा थप ८१ कोभिड–१९ का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर तीन हजार २३ जनाको पिसिआर परीक्षण भएकामा ३२ महिला र ४४ पुरुषमा कोरोना पुष्टि भएको हो । आज काठमाडौँ उपत्यकामा १७ महिला र १६ पुरुष गरी ३३ सङ्क्रमित भेटिएका छन् । हालसम्म देशभर कोरोना सङ्क्रमितको कूल सङ्ख्या दुई लाख ७२ हजार ४३० पुगेको छ ।

गत २४ घण्टामा थप १११ सङ्क्रमणमुक्त भएसँगै हालसम्म दुई लाख ६८ हजार ६६० जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । कोरोना निको भएको दर ९८ दशमलव ६ प्रतिशत छ । गत २४ घण्टामा थप पाँच जनाको कोरोनाबाट मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण मृत्यु हुने सङ्ख्या दुई हजार ५२ पुगेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला काठमाडौँ मात्र रहेको छ । शुन्य सङ्क्रमित भएका जिल्ला इलाम, भोजपुर, सङ्खुवासभा, सोलुखुम्बु, मुस्ताङ, पश्चिम रुकुम र अछाम छन् । हाल देशभर संस्थागत आइसोलेशनमा ९२५, सघन उपचार कक्षमा ६४ र भेन्टिलेटरमा १३ जना सङ्क्रमितको उपचार भइरहेको छ ।

Back to top button