माझीबस्तीको पैसा खाएको प्रमाणित भए जुत्ताको माला लगाएर माझी बस्ती घुमाउनुस : श्वेता

चर्चित नायिका श्वेता खड्काले माझी बस्ती निर्माणबाट श्वेताश्री फाउन्डेशन नबाहिरिउको दाबी गरेकी छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फतले उनले आफू र आफ्नो संस्थाले माझी निर्माणबाट हात नझिकेको र आर्थिक हिनामिना नगरेको दाबी गरेकी हुन् ।

सिन्धुपाल्चोक चौतरा साँगाचोकगढी–१४ मा निर्माणाधीन माझी बस्तीबाट श्वेताले हात झिकेको समाचार सार्वजनिक भएपछि यसलाई खण्डन गर्दै उनले आफूले माझी बस्ती निर्माणका क्रममा आर्थिक हिनामिना पनि नगरेको बताएकी छन् ।

‘फाउण्डेशनको नाममा पैसा उठाएर त्यसको गलत प्रयोग गरेको प्रमाणीत गरे जुत्ताको मालासहित कालो मोसो दलेर माझी बस्ती परिक्रमा गर्न तयार छु’, नायिका श्वेताले भनेकी छन् ।

चौतारा साँगाचोक नगरपालिकाका मेयर अमान सिंह तामाङलाई उद्धृत गर्दै नायिका श्वेताले माझी बस्ती निर्माणबाट हात झिकेको समाचार प्रकाशित भएपछि शुक्रबार नायिका श्वेताले उक्त समाचारलाई खण्डन गर्दै आफ्नो धारणा सार्वजनिक गरेकी हुन् । हेरौ भिडियो:

Back to top button