भीरकट्यामा अड्किएको अनुसन्धानः भागिरथी सहित दुई जनाले खाएका थिए चाउचाउ

काठमाडौं- बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्ट हत्याको अनुसन्धान भीरकट्याको बाटोमा अड्किएको छ । भागरथी पढ्ने विद्यालयदेखि झण्डै ५ सय मिटर दुरीमा रहेको भीरकट्याबाट घटनास्थलसम्मको सम्पर्क प्रहरीले जुटाउन सकिरहेको छैन ।

भागरथी माघ २१ गते दिउँसो १ बजेर ४५ मिनेट अर्थात् टिफिनको बेला सनातन धर्म मावि खोचलेकबाट घर हिँडेकी थिइन् । उनले खोचलेक बजारको एक पसमा चाउचाउ किनेको प्रहरीको अनुसन्धानमा खुलेको छ । उनले त्यो चाउचाउ बजारबाट झण्डै तीन सय मिटर दुरीमा रहेको भीरकट्याको भीरमा खाइन् । ‘भीरकट्याकको भीरमा चाउचाउ खाएको देख्ने प्रत्यक्षदर्शी भेटिएका छन् । त्यतिबेला दुई जना थिए । दुवै भीरकट्याको भीरबाट छुट्टिए,’ एक जना प्रहरी अधिकृतले भने, ‘तर, त्यसभन्दा माथिको लोकेसन पत्ता लगाउन प्रहरीलाई हम्मेहम्मे परेको छ ।’

भीरकट्याबाट घट नास्थल झण्डै दुई किलोमिटर दुरीमा छ । त्यसदिन दिउँसो २ बजेर ४७ मिनेटमा भागरथीको मोबाइल स्विच अफ भएको छ । उनको शवनजिकै झण्डै १० मिटरमा ब्याट्री झिकिएको मोबाइल भेटिएको थियो । प्रहरीको तालिम प्राप्त कुकुरले त्यो मोबाइल पत्ता लगाएको हो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

Back to top button