अन्तत: २ ओटा श्रीमान बिबाह गर्ने युवतीको बिबाद मिल्यो

मोरंग । बैदेशिक रोजगारीको क्रममा कमाएको सम्पत्ति कुम्लाएर पूर्व श्रीमानसँग भागेपछि पाँचथरको मिक्लाजुङ–१ का हिमाल राई न्यायको खोजीमा भौतारिएका छन् ।

दुबईमा रहँदा सामाजिक सञ्जामा चिनजान भएर विवाह गरेका हिमाल यतिबेला न्याय खोजिरहेका हुन् । श्रीमान भूपाल राईसँग सम्बन्ध विच्छेद गरी बसेको र दुई छोरी रहेको बुद्धिमायाले बताएकी थिइन् । बुद्धिमायाको बेदना सुनेर हिमालको मन पग्लियो । र, दुबईबाट फर्किएर विहे पनि गरे । विहे गरेको ७ महिनापछि बुद्धिमाया ४ लाख रुपैया, सुनसहित पूर्व श्रीमान भूपालसँग भागेपछि यतिबेला न्याय खोज्दै भौतारिरहेका छन् ।

लेटाङ नगरपालिका–१ की बुद्धिमायासँग हिमालको सम्पर्क टुटेको छ । ‘दुई छोरीको आमा हुँदा पनि मैले उसको पीडा सुनेर विहे गरे’ उनले भाबुक हुँदै भने–‘अहिले मलाई रुवाएर गई ।’ श्रीमति बुद्धिमायालाई नगद र सुन फिर्ता गर्न उनले आग्रह गरेका छन् । उनले प्रहरी कार्यालयमा उजुरी दिँदा पनि चासो नदिएको उनले गुनासो गरे ।

यसैसाता श्रीमति बुद्धिमायासँग सम्पर्क गर्दा उल्टै धम्की दिएको उनले बताए ।हिमालकी दिदी निता राईले भाई सोझो भएकाले विदेशमा दुख गरेर कमाएको रकम लिएर बुहारी फरार भएको बताइन् । अहिले श्रीमती खोज्दै उनि मोरंगको लेटाङ्ग श्रीमतीको घर पुगेका छन् र उनीहरुको मेलमिलाप पनि बह्येको छ , कसरि मिल्यो त ? तल भिडियोमा हेर्नुहोला ।

Back to top button