‘एमएस धोनी’ मा सुशान्तसँग काम गरेका सन्दीपले पनि गरे आ त्मह त्या

काठमाडौं । चलचित्र ‘एमएस धोनी द अन्टोल्ड स्टोरी’ मा काम गरेका सन्दीप नाहारको नि ध न भएको छ । बिबिसीका अनुसार उनले ‘अब जि उने इ च्छा नै छैन भनेर फेसबुकमा लेखेर वि दा भएका हुन् । उनले फेसबुकमा १० मिनेटको भिडियो पोष्ट गरेका छन् जसमा उनले पारिवारिस समस्या र वैवाहिक जीवनसँग जोडिएका अप्ठ्याराको बारेमा समेत उल्लेख गरेको बताइएको छ ।

अवस्था यति खराब भइसकेको छ कि म सहन गर्न सकिरहेको छैन भन्ने आशयको भिडियो अहिले सामाजिक संजालमा भाइरल बनिरहेको छ । क्रिकेटर महेन्द्रसिंह धोनीको जीवनीमा आधारित चलचित्र ‘एमएस धोनी द अन्टोल्ड स्टोरी’का अलावा उनले चलचित्र ‘केसरी’ मा अक्षय कुमारसँग बट्टा सिंहको भूमिकामा समेत काम गरेर चर्चा कमाएका थिए ।

Back to top button