अब एसएलसी कक्षा १२ मा !

काठमाडौं । सरकारले शिक्षा नियमावली २०५९ संशोधन गरी शिक्षा (सातौं संशोधन) नियमावली २०६९ मा हाल कक्षा १२ लाई विद्यालय शिक्षाको अन्तिम खुट्किलो कायम गरेको छ ।

मूल नियमावलीको नियम ४७(क) मा संशोधन गरी नियमावलीको नियमन (४७) कमा रहेको ‘कक्षा १०’ मा भन्ने शब्दावलीकमो सट्टा ‘कक्षा १२’ मा भन्ने शब्दावली राखिएको छ ।

जसले गर्दा अब विद्यार्थीको स्कुल लिभिङ सर्टिफिकेट अर्थात (एसएलसी) कक्षा १२ मा कायम भएको राष्ट्रिय परीक्षा बोर्ड माध्यमिक शिक्षा परीक्षा कक्षा १० का परीक्षा नियन्त्रक रामराज खकुरेलले बताए ।

परीक्षा नियन्त्रक खकुरेलले यो वर्ष सरकारले समयमै निर्णय गर्न नसक्दा बोर्डअन्तर्गत एसइई परीक्षा सञ्चालन हुने तय भए पनि आगामी वर्ष कक्षा १० को परीक्षा प्रदेशबाटै सञ्चालन हुने जानकारी दिए ।

संशोधित नियमावलीअनुसार अब माध्यमिक शिक्षा कक्षा ९ देखि १२ सम्म कायम भएको छ । नियमावली संशोधन अघि कक्षा १० मा विद्यार्थी भर्ना हुन पाउँदैनथे ।

उनीहरुले कक्षा ९ मा जुन स्कुलमा भर्ना र रजिस्ट्रेसन फाराम भर्थे, सोही स्कुलबाट एसइई परीक्षा दिनुपर्ने व्यवस्था थियो । कक्षा १० मा छात्राको बिहे, अभिभावको बसाइँसराइ र विद्यार्थी बिरामी भएको अवस्थामा मात्र स्थानान्तरण दिनुपर्ने व्यवस्था थियो ।

अब संशोधित नियमावलीले यी सबै व्यवस्था खारेजी गरेको छ । साथै विद्यार्थीले जुनसुकै विद्यालयमा कक्षा १० मा भर्ना तथा स्थानान्तरण पाउने भएका छन् । नागरिकमा खबर छ ।

Back to top button