भगवान शिबले हामी सबैको रक्षा गरुन्, हेर्नुहोस आजको राशीफल

मेषः– जवर्जस्ति गरेर कहि केहि हुने छैन उल्टो हासिल गरेको उपलब्धि पनि गुम्न सक्छ । आसा र भरोसा निराशामा परिण हुने देखिन्छ । अनावस्यक काममा समय खर्च हुनेछ । विना तयारी काममा लाग्दा काम विग्रिने छन् । मिथ्या आरोप लाग्न सक्छ सर्तक रहनु होला । लगानीका क्षेत्र नबढाउनु होला । धन दिएर शत्रु बढाउने काम नगर्नुहोला ।

वृषः– कार्य लगनशिलता बढ्नेछ । समयमा गरेका कामबाट उपलब्धि हात लाग्नेछ । वौद्धिक व्यक्तित्वबाट सहयोग सहानुभूति मिल्नेछ । व्यापार व्यवसायबाट आय बढ्नेछ । घरमा पारिवारिक जमघट बढ्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । दूर्जनहरुले आफ्नो बाटो तताउने छन् । सहयोगी मन सहकार्य गर्दै अगाडि बढ्ने छन् ।

मिथुनः– कार्य व्यस्तता बढ्नेछ । सहज र सरल विधिबाट कार्य सम्पादन हुनेछन् । व्यापार व्यवसायमा सुधार आउनेछ । राजनैतिक भरोसामा मात्रै काम नगर्नु होला दुःख पाईनेछ । इष्टमित्रको धेरै भर नपर्नुहोला । टाढाका मित्रबाट सहयोग मिल्नेछ । आयको केहि हिस्सा मनोरञ्जनमा खर्च हुनेछ । उधारो कुरा धेरै आउन सक्छन् विश्वास नगर्नु होला ।

कर्कटः– लगनशिल भई गरेका काम सफल हुनेछन् । कुनै पनि क्षेत्रमा हेलचक्र्याई नगर्नु होला । अरुको भरमा मात्रै काम गर्दा उपलब्धि गुम्न सक्छन् । राजनैति हतियार प्रयोग गरेर काम नगर्न उत्तम हुनेछ । साँझेदारी काममा धेरै लगानी नबढाउनु होला । पढाई लेखाई सामान्य प्रगति हुनेछ प्रगति हुनेछ । पारिवारिक समस्याबाट पूर्ण मूक्ति मिल्ने छैन ।

सिंहः– शरीरमा रोग व्याधिको प्रकोप बढ्नेछ । काम काजमा अवरोध आउनेछ । नयाँ क्षेत्रमा लगानी नगर्नु होला डुब्न सक्छ । अरुको आशा र भरोसामा बस्दा अवसर गुम्नेछन । गलत विचारको शिकार होइनेछ । जोखिम मोलेर काम नगर्नु होला । व्यापार व्यवसायमा गिरावट आउनेछ । आर्थिक पक्ष कमजोर बन्नेछ । इज्जत प्रतिष्ठामा धक्का लाग्न सक्छ ।

कन्याः– काममा ढिला सुस्ति गर्दा आएको अवसर गुम्न सक्छ । तर आज गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । आफन्तको सहयोग सहानुभूति कम मिल्नेछ । हेलचक्र्याई नगरि काम गर्नु होला । विदेश यात्राको सम्भावना नकार्न सकिन्न । दामपत्य जीवनमा सुखानुभूति मिल्नेछ ।

तुलाः– प्रतिश्पर्धा गरेर भए पनि काममा अगाडि बढ्नु होला । आफ्ना समस्या आफैले समाधान गर्नु पर्नेछ । परिश्रमको प्रतिफल मिठो मिलनेछ । अरुको भर धेरै नपर्नू होला धोका हुनसक्छ । खेलाडीको लागि पनि दिन अनुकुल देखिन्छ । साझेदारी काममा लगानी नगर्नु होला । अस्थिर मन लिएर काममा नजानु होला ।

वृश्चिकः– आफुमा भएको उर्जाको सहि प्रयोग गर्न सके केहि उपलब्धि हात लाग्नेछ । कर्म प्राप्तिको चिन्ताले छाड्ने छैन । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । राज्य सँग सम्बन्धित काममा झमेला आई लाग्नेछ । अरुको भर विश्वासमा मात्रै काम नगर्नु होला धोका हुनसक्छ । अर्थ अभावको महशुस हुनेछ ।

धनुः– पैसाको अभावमा काम गर्न सकिने छैन । भएको धनलाई नचलाउनु होला भविष्यमा समस्यामा परिनेछ । इज्जत प्रतिष्ठामा आच आउन सक्छ सतर्क भएर अगाडि बढ्नु होला । सक्रियता बढाउनु होला । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । पारिवारिक समस्या बढ्ने छन् । फाइदा लुट्न खोज्ने कम हुने छैनन ।

मकरः– महत्वकाँक्षी नबनि रिस,अहंकार र क्रोधलाई नियन्त्रण गरेर अगाडि बढ्नु होला । समयमा गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । जीवन साथिको सहयोग लिएर काम गर्दा बढि उपलब्धि हात लाग्नेछ । ढिला सुस्ति गर्दा अवसर फुत्किने सम्भावना रहनेछ । बाहिरी व्यक्तिसँग साझेदारी गरेर काम नगर्नुहोला ।

कुम्भः– लगनशिल भई काम गर्नु भयो भने आफ्नो मिशनमा पुग्न सक्नु हुनेछ । अरुको भर विश्वास र कुरामा नलाग्नु होला । धन आफन्त मान्छे भए नदिदा राम्रो हुनेछ । हेलचक्र्याई गरेर नगर्नु होला गरेमा वचे खुचेको पनि सकिनेछ । नोकरीबाट सन्तुष्टि मिल्ने छैन । निर्माण व्यवसायबाट सामान्य लाभ हुनेछ । वोलीको कदर कम हुनेछ ।

मिनः– दिन अनुकुल नै देखिन्छ । परिश्रमपूर्व गरेका काम सफल हुनेछन् । दामपत्य जीवन सामान्य सुखी मिल्नेछ । पूर्व तयारीका साथ काममा लाग्नु भएमा केहि उपलब्धि हात लाग्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । पराक्रम घट्ने छैन । व्यापार व्यवसायबाट आय आर्जन सन्तोषजनक होला । पढाई लेखाईमा थोरै प्रगति हुनेछ ।

Back to top button