‘हँसाउने उही छ’ मार्फत अभिनयमा फर्किए पुष्पराज

काठमाडौँ । कलाकार पुष्पराज पुरुष लामो समयपछि अभिनयमा फर्किएका छन् । पछिल्लो समय अध्यात्ममा हराएका उनी करिव दशकपछि गजल शैलीमा तयार भजन गीत ‘हँसाउने उही छ’ मार्फत अभिनयमा फर्किएका हुन् । उनलाई अभिनयमा फर्काउने काम निर्देशक देबेन्द्र पाण्डेले गरेका छन् । पुष्पराजले करिब दशक अगाडि फिल्म श्रीमान् अभिनय गरेका थिए ।
गीतकार चन्द्र प्रसाई ‘परिस्कृत’को शब्द रहेको गीतको भिडियोमा उनी योगी अवतारमै देखिएका छन् । गीतकार प्रसाईको केही दिन अगाडि ‘पुरानो घाउ’ बोलको गीत सार्वजनिक भएको थियो । जुन सांगीतिक क्षेत्रमा अहिले चर्चामा रहेको छ । गीतकार प्रसाईका यसअघि प्रेमको कथा, कथा मृत्युको लगायत थुप्रै गीतले चर्चा पाएका थिए ।

प्रताप दासको स्वर र राजेन्द्र सुवेदीको संगीत रहेको भजनमा संगीतकार सुवेदीकै संगीत संयोजन छ । गीतको भिडियो पनि बनेको छ । जसमा पुष्पराज पुरुष, उत्तम केसी, बालकलाकार सदुर्श चुडाल, प्रत्युस बिमली लगायतको अभिनय देख्न सकिन्छ ।
चक्र बरालको छायाँकन, विकाश दाहालको सम्पादन रहेको भजन गीतको भिडियो देबेन्द्र पाण्डेले निर्देशन गरेका हुन् ।

Back to top button