पुस्कल शर्मा र रचना रिमालको पहिलो गीत ‘के दिऊँ मायालाई’ बजारमा आएको केहि घण्टामै भाइरल

लोकप्रिय गायक पुस्कल शर्मा तथा गायिका रचना रिमालको स्वरमा नयाँ गीत ‘के दिऊँ मायालाई’ सार्वजनिक गरिएको छ । लोकलयको उक्त गीतमा शब्द तथा संगीत गायक पुस्कलकै रहेको छ भने एरेन्ज कृष्ण बिकले गर्नुभएको छ ।

गीतको भिडियोमा पुस्कलसँगै महिला मोडलमा अन्जली अधिकारी, सबि शर्मा, समिक्षा पोखरेल र अनुपा अधिकारीले अभिनय गर्नुभएको छ । मन्दिर म्युजीक कम्पनीबाट सार्वजनिक यस गीतलाई पुस्कल शर्माकै युट्युवमार्फत हेर्न सकिनेछ । भिडियो काजिश श्रेष्ठले निर्देशन गर्नुभएको हो भने अजय रेग्मीले खिच्नुभएको छ । भिडियोको सम्पादन तथा कलर भर्नेकाम दिपक बिष्टले गर्नुभएको हो ।

गायक पुस्कलका यसअघिका बिशेष गरी ‘सेन्टिमेन्टल’ गीतहरु लोकप्रिय छन् । जसले गर्दा पुस्कललाई अन्य रोमान्टिक गीत गाएको सुहाउँदैन भन्नेहरु पनि भेटिन्छन् तर यस गीतपनि लोकलयको रोमान्टिक गीत भएकाले पुस्कल प्रतिको बुझाई अझ फराकिलो हुनसक्छ । पुस्कलले पनि आफूले केहि फरक प्रयोग गर्न खोजेको बताउनु भएको छ ।

‘मैले यसअघि गाएका धेरै गीत सेन्टिमेन्टल भएर होला दर्शक तथा स्रोताले पनि फरक स्वाद नपाएजस्तो भएको हुनसक्छ । यो गीतबाट केहि फरक गर्ने कोशिस गरेको छु ।’ पुस्कलले आर्टिष्ट खबरसँग भन्नुभयो । ‘मैले सबै प्रकारका गीत गाउनसक्छु तर दर्शकको मनमा सेन्टिमेन्टल बढी बसेको हो ।’

Back to top button