पत्नि हिमानीलाई भेटे पारसले, यसरी जुर्यो भेटको मौका

काठमाडौ । लामो समयपछि पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाहबीच भेटघाट भएको छ । आमा कोमल शाहको ७१ औं जन्मोत्सवको अवसरमा आमालाई शुभकामना दिन पुगेका पारसले पत्नि हिमानीलाई भेट्ने मौका पाएका हुन् जन्मोत्सवका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहको परिवारले झापाको धुलाबारीस्थित मेची क्राउन होटेल एक साताका लागि बुक गरेको थियो ।

यसअघि पारसबाहेक राजपरिवारका सदस्य जन्मोत्सवमा सहभागी हुने बताइए पनि पोखरामा रमाउँदै गरेका उनी एकाएक मेची क्राउनमा पुगेपछि परिवारसँग लामो समयपछि यसरी भेटघाटको अवसर जुरेको बताइएको छ ।

पारस उक्त कार्यक्रममा पुगेपछि हिमानीसँग केही कुराकानी समेत भएको थियो । हिमानी र पारससहितको सपरिवारको तस्वीर अहिले सामाजिक सञ्जामा भाइरल बनेको छ । गत बुधबारदेखि नै पूर्वराजपरिवारका सदस्यहरु उक्त होटेलमै रहेको जनाइएको छ । पछिल्ला दिनमा पूर्वराजा ज्ञानेन्द्रले घुमाउरो भाषामा राजसंस्था पुनर्स्थापना हुनुपर्नेमा जोड दिँदै आएका छन् ।

Back to top button