काठमाडौंमा ६५ रुपैयाँमा पेटभरि खाना, खाना खान जानेको भीड

काठमाडौं । काठमाडौंमा ६५ रुपैयाँमा पेटभरि खाना खान पाइन्छ भन्दा पत्याउन गाह्रो पर्छ । तर, ‘हाम्रो खानाघर’ अनामनगरमा ६५ रुपैयाँमै पेटभरि खाना खान पाइन्छ ।सस्तो मूल्यमा खाना खान बिहान ९ देखि राति ९ बजेसम्म ‘हाम्रो खानाघर’मा भिड लाग्छ । दैनिक खाना खानेमध्येका उमेश बस्नेत सस्तोमा राम्रो खाना पाउँदा दंग छन् ।

उनी भन्छन्, मैले सुरु भएदेखि नै यहाँ खाना खान थालेको छु । यहाँ सस्तोमा मिठो खाना खान पाइन्छ । पैसा पनि बचत भएको छ ।

‘घर निर्माणको काम गर्ने उनको खानाका लागि दैनिक ३ सय रुपैयाँ खर्च हुन्थ्यो । तर, अहिले खानाका लागि उनले छुट्याएको रकममध्ये दैनिक एक सय ७० बचत हुन थालेको छ ।’ ‘सस्तोमा मीठो खाना पाइने भएकाले अरुलाइ पनि आउन भन्छु । १५ जनाजति साथस्लाई त ल्याइसकेको छु । मीठो, राम्रो अनि सस्तोमा पेटभरि खान पाइने भएपछि किन नआउने रु’ उनले भने ।

दैनिक एक हजारलाई खाना खुवाउने लक्ष्य बोकेर हाम्रो टिम नेपालले हाम्रो खानाघर गत १७ माघदेखि सञ्चालनमा ल्याएको हो ।
हाम्रो खानाघर कम आम्दानी हुने, ज्याला मजदुरी गर्नेहरुको मात्र होइन सस्तो र राम्रो खाना खानेहरुका लागि उपयुक्त गन्तव्य बनेको छ । नयाँ पत्रिकामा खबर छ ।

Back to top button