अमेरिकामै व्यस्त निर्देशक तथा मोडल शंकर बिसी

काठमाडौं । म्यूजिक भिडियो निर्देशक तथा मोडल शंकर बिसी अमेरिकामा रमाउँदै उतै व्यस्त देखिएका छन् । केही समय अगाडि पारिवारीक भेटघाटका लागि भन्दै अमेरिका उडेका बिसी अहिलेसम्म अमेरिकाको शहर न्यूयोर्कमा रमाउँदै व्यस्त भएका हुन् ।

नेपाली म्यूजिक भिडियो क्षेत्रमा लोकप्रिय बनेका निर्देशक बिसीको यतिबेला देशमा केही चर्चा भइरहेको छ । उनले भने बेलाबखत अमेरिकामा रमाइरहेका तस्विरहरु सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरिरहन्छन् । उनकी श्रीमती निशा सुनार पनि धेरै समय अघिदेखि उतै बस्दै आएकी छन् ।

निर्देशक बिसीले केही दिन अगाडि पनि टेक्सस शहरको हिउँमा खेल्दै गरेको तस्विरहरु सार्वजनिक गरेका थिए । नेपालगञ्जको खजुरा भन्ने स्थानका बिसीले काठमाडौंलाई केन्द्रविन्दु बनाएर लाखौँ दर्शक श्रोेमाझ लोकप्रिय छन् ।

तर, उनले बेलाबखत अमेरिकामै पनि म्यूजिक भिडियोको शुटिङ गर्दै आएको जानकारी दिए । अमेरिकामा रहेर पनि नेपाली संगीत क्षेत्रमा महत्वपूर्ण योगदान दिएको बिसीले जिकिर गरे ।सौर्य दैनिकमा खबर छ ।

विभिन्न विधाका हजारौँ म्यूजिक भिडियोमा अभिनय र निर्देशन गरेका उनले विश्वभर महामारीका रुपले फैलिएको कोरोना भइरसका कारण अमेरिकामै रोकिएकाले केही सहज वातावरण बनेपछि स्वदेश फर्कने तयारीमा रहेको जानकारी दिए ।

Back to top button