१ बर्ष नपुग्दै बल्न छाडे तामाकोसी गाउँपालिकाका सोलार बत्ती

फाल्गुन २५
सुजन काफ्ले
दोलखा । जिल्लाको तामाकोसी गाउँपालिकामा जडान गरिएका सोलार बत्ती बल्न छाडेका छन।
गाउँपालिकाले लाखौं खर्च गरेर मुख्य चोक र बजारमा जडान गरिएका सोलार मर्मत नगर्दा बल्न छाडेका हुन ।

गाउँपालिका- १ भिरकोटको बागखोरमा केहि महिना अगाडि देखि नै सोलार बत्ती बल्न छाडेको स्थानीय गोबिन्द श्रेष्ठले बताए । पटक पटक सोलार बत्ती मर्मत गर्न सम्बन्धित निकायलाइ आग्रह गर्दा समेत बेवास्ता गरिएको उनको गुनासो छ।
त्यस्तै वडा नम्बर ५ शहरेको पिपलडाडामा जडान गरिएको सोलार पनि बल्न छोडेको स्थानिय रबिना सुन्दासले बताइन। जडान गरेर छोड्दिने तर मर्मत गर्न कसैले चासो नदिएको उनी बताउछन।
यता गाउँपालिकका इन्जिनियर सुबोध चापागाईं भने सोलार कम्पनीलाई सोलार मर्मत गर्न गाउँपालिकाले पत्र काटिसकेको बताए। निर्माण कम्पनीले सामान अभावका कारण मर्मत नगएरेको चापागाईंको भनाइ रहेको छ।
सोलार बत्ती मर्मत गर्न निर्माण कम्पनी र गाउँपालिकाको बेवास्ताका कारण लाखौं रकम खर्च गरेर जडान गरिएका सोलार बत्ती बल्न छोडेका हुन।

Back to top button