नियमित विद्युत र नेटवर्कको माग गर्दै वाइसीएल र अनेरास्ववियु क्रान्तिकारिले बुझायो ज्ञापनपत्र

दोलखा । नियमित विद्युत र नेटवर्कको माग गर्दै वाइसीएल र अनेरास्ववियु क्रान्तिकारीले ज्ञापन पत्र बुझाएको छ।
नेकपा मावबादी निकट दुई भातृ संगठनद्वारा जारी गरिएको ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालयमा बुझाएको हो।
जिल्लाभर नियमित नेटवर्कमा असहजता देखिएको र पटकपटक नेटवर्क आउने जाने समस्याले शिक्षण संस्था, उद्योग व्यवसाय तथा सरकारी तथा गैर सरकारी कार्यालयहरुमा हुने नियमित क्रियाकलापमा समस्या भएकाले नेपाल टेलिकम र विद्युत प्राधिकरण विरुद्ध ज्ञापनपत्र बुझाइएको वाइसीएलका जिल्ला अध्यक्ष नवराज अर्यालले बताए ।
हाम्रो मागलाइ बेवास्ता गरिए कडा प्रतिकारमा उत्रने अध्यक्ष अर्यालले चेतावनी दिए।

हेर्नुस ज्ञापनपत्र

विगत केही दिन देखी दोलखा जिल्लाभर नियमित नेटवर्कमा असहजता देखिएको र पटकपटक नेटवर्क आउने जाने समस्याले शिक्षण
संस्था, उद्योग व्यवसाय तथा सरकारी तथा गैर सरकारी कार्यालयहरुमा हुने नियमित क्रियाकलापमा समस्या पैदा भई जनजिवनमा प्रत्यक्ष असर परेको, यति धेरै ठुलो समस्या हुँदहुदैपनि यस कार्यालयबाट कुनै तदरुपता
नदेखाउनु र स्मार्ट दोलखा घोषणा भईसक्दापनि मोवाइल, टेलिफोन, ईन्टरनेटमा समस्या भएकोप्रति हाम्रो गौरवशाली संगठन वाईसिएल,
नेपाल, दोलखा र अनेरास्ववियू (क्रान्तिकारी), दोलखाको गम्भिर ध्यानाकर्षण भएको छ । यथाशिघ्र मोवाइल, टेलिफोन र ईन्टरनेट सेवालाई
सहज गराई आम नागरिकको जनजिवनलाई सामान्य अवस्थामा फर्काउन हाम्रो संगठन जोडदार माग गर्दछ । अन्यथा हाम्रो संगठन वाईसिएल नेपाल, दोलखा र अनेरास्ववियू (क्रान्तिकारी), दोलखाले सशक्त प्रतिकार
गर्न बाध्य हुनेछ । उक्त प्रतिकारबाट हुने क्षतिको जिम्मा सम्बन्धित कार्यालयले लिनु पर्नेछ।

Back to top button