प्रदेश सरकारबाट एकसाथ चारजना पत्रकार पुरस्कृत हुदै

विराटनगर । प्रदेश सरकारले हरेक वर्ष प्रदानगर्ने प्रादेशिक पत्रकारिता पुरस्कारबाट चारजना अग्रज पत्रकार पुरस्कृत हुनुहुने भएको छ ।

कोरोना महामारीका कारण अघिल्लो वर्ष वितरण हुन नसकेको यो पुरस्कार यसवर्ष दुई आर्थिक वर्षकै एकसाथ वितरण हुन लागेको हो ।

पुरस्कार तथा सम्मान प्रदान गर्न प्रदेश सरकार आन्तरीक मामिला तथा कानुन मन्त्रालयको मन्त्रीस्तरीय वैठकले छनौट समिति गठन गरेको थियो ।

गत चैत ३० गतेको मन्त्रीस्तरीय वैठकले प्रादेशिक सञ्चार प्रतिष्ठानका निर्देशक यज्ञप्रसाद शर्माको संयोजकत्वमा नेपाल पत्रकार महासँघ प्रदेश समितिका अध्यक्ष लिलाबल्लभ घिमिरे र निवर्तमान अध्यक्ष विक्रम लुईटेल सदस्य रहेको समिति गठन गरेको हो ।

सोहि समितिको सिफारिसका आधारमा मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट झापाका गोविन्द चन्द्र क्षेत्री र गञ्जबहादुर दाहाल उदयपुरका कौशल चेम्जोङ र मोरङकी ललिता भट्टराईलाई पुरस्कृत गर्ने भएको हो ।

मन्त्रालयका सुचना अधिकारी विजयकुमार मगरले विज्ञप्ति जारी गर्दै जनहि एक लाख रुपैयाँ राशिको पुरस्कार र सम्मानपत्रले उहाँहरुलाई अनुकुल समयमा पुरस्कृत गरिने जानकारी दिनुभएको छ ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७४/०७५देखि हरेक वर्ष वैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवसको अवसर पारेर यो पुरस्कार वितरण गर्न थालेको हो ।

 

Back to top button