आइतबारका लागि बोलाइयो संवैधानिक परिषदको बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाउनुभएको छ । परिषद्का अध्यक्ष प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाउनुभएको हो ।

बैठकले रिक्त रहेका संवैधानिक आयोगहरुमा पदाधिकारी सिफारिस गर्ने सम्भावना रहेको छ । हाल लोकसेवा आयोगमा अध्यक्षसहित सबै पदाधिकारी रिक्त छन् ।

त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ पदाधिकारी र निर्वाचन आयोगमा एक पदाधिकारी रिक्त छ । समावेशी आयोगले पनि पूर्णता पाउन सकेको छैन ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश हालै जारी गर्नुभएको थियो । अध्यादेश अनुसार परिषद्को उपस्थित सदस्यको बहुमतले नियुक्ति सिफारिस गर्न सक्नेछ ।

यद्यपी परिषदको वैठकमा प्रमुख प्रतिपक्षी दलका नेता र सभामुखको सहभागिता हुने वा नहुनेमा आशंका छ । यसअघिपनि अनुपस्थित भएपछि प्रधानमन्त्री ओलीले परिषद्सम्बन्धी नयाँ अध्यादेश ल्याएर नियुक्ति गर्नुभएको थियो ।

Back to top button