विश्वासको मत माग्दै प्रधानमन्त्रीले भन्नुभयो ‘मलाई अविश्वास गर्नुपर्ने कुनै कारण छैन ।’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत माग्नुभएको छ । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उहाँले वर्तमन सरकारलाई अविश्वास गरिरहनुपर्ने कुनै कारण नभएको जिकिर गर्नुभएको छ ।

वर्तमान सरकारले भौगोलिक अखण्डताको रक्षा गर्ने, राष्ट्रिय हितलाई सर्वोपरी मानेर व्यवहार गर्ने विषयमा कुनै कसर नछाडेको भन्दै उहाँले राष्ट्रियता, स्वाधीनता, भौगोलिक अखण्डताको रक्षाका लागि उल्लेख्य काम गरेको स्मरण गराउनुभयो । यस्तै सुशासन, शान्ति सुव्यवस्था र राष्ट्रिय समस्या समाधानमा निम्ति सरकारले उल्लेख्य काम गरेको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले सरकारको ध्यान महामारी नियन्त्रणमा केन्द्रित रहेको बताउनुभयो । कोभिडविरुद्धको औषधिलगायत उपचारका सामाग्रीहरुमा भएको भ्रष्टाचारको काम क्षम्य नहुने भन्दै उहाँले कहिलेकाँहि वर्तमान सरकार र प्रधानमन्त्रीमाथि हिलो छ्याप्ने काम भएको बताउनुभयो ।

उहाँले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधनका लागि पनि छलफल गर्न सकिने स्पष्ट पर्नुभयो । संविधान संशोधन कहाँ– कहाँ गर्न सकिन्छ भन्ने सुझावका लागि कार्यदल बनाउन सकिने बताउनुभयो । प्रधानमन्त्री ओलीले सरकारले हिंसाको राजनीति अन्त्य गरेको दावी गर्नुभयो ।

यस्तै उहाँले आफ्नो कसैप्रति पनि आग्रह–पूर्वाग्रह नरहेको बताउनुभएको छ । आफू काममा व्यस्त भएकाले सबैलाई फोन गर्न नभ्याएको बताउँदै उहाँले आफ्नो कसैप्रति आग्रह÷पूर्वाग्रह नहरेको बताउनुभएको हो ।

उहाँले आफूले विश्वासको मत प्राप्त गर्ने विश्वास ब्यक्त गर्दै उहाँले भन्नुभयो,‘विगतमा पनि संसदको बलले नै अहिले प्रधानमन्त्रीको हैसियतमा उभिएको छु । आशा छ,संसदको बलले म फेरी प्रधानमन्त्रीको हैसियतमा रहन्छु ।’

Back to top button