प्रदेश १ मा आज ९३७ जना थपिए कोरोना संक्रमित

विराटनगरमा मात्र ३०१ जना

विराटनगर । प्रदेश १ मा आज मात्र ९ सय ३७ जनामा कोरोना संक्रमण देखिएको छ । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो ।

सामाजिक विकास मन्त्रालयका अनुसार आज मोरङमा ३सय ९८, झापामा २ सय ६३, सुनसरीमा ८७, उदयपुरमा ५२, ताप्लेजुङमा ३८, तेह्रथुममा ३०, इलाममा ११, पाँचथरमा ६, खोटाङमा ४, संखुवासभामा ३, भोजपुरमा २, धनकुटामा १ र प्रदेश १ बाहिरका ४२ जनामा संक्रमण पुष्टि भएको छ ।

मोरङको विराटनगरमा १ सय २४ महिला र १सय ७७ पुरुष सहित ३सय १, सुन्दरहरैचामा ३५, कटहरीमा १३, उर्लाबारी र बुढीगंगामा ९–९, पथरीशनिश्चरेमा ८, बेलबारी र ग्रामथानमा ४–४, रंगेली, कानेपोखरी, केराबारी र मिक्लाजुङमा ३–३, धनपालथान, सुनबर्षी र स्थानीय तह नखुलेका १–१ जनामा कोरोना पुष्टि भएको छ ।

झापाको भद्रपुरमा ६३, विर्तामोडमा ४२, दमकमा ३४, मेचीनगरमा २५, अर्जुनधारा र कनकाईमा २०–२०, बुद्धशान्तिमा १७, गौरादहमा १४, कचनकवलमा ८, कमल गाउँपालिकामा ७, बार्‍हदशीमा ४, स्थानीय तह नखुलेका ३, स्थानीय हल्दिबारी र झापा गाउँपालिकामा २–२, शिवसताक्षी र गौरीगञ्जमा १–१ जनामा संक्रमण देखिएको छ ।

सुनसरीको धरानमा २८, इटहरीमा २५, इनरुवामा १४, कोशी गाउँपालिकामा ४, दुहवी, भोक्राहानरसिंह र देवानगञ्ज ३–३, बराहक्षेत्र र स्थानीय तह नखुलेका २–२, गढी, हरिनगर र बर्जुमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसैगरी उदयपुरको बेलकामा ४२, त्रियुगा र स्थानीय तह नखुलेका ३–३, चौदण्डीगढी र कटारी २–२ जनामा कोरोना देखिएको छ ।

ताप्लेजुङको फुङलिङमा ३४, मेरिङदेन, मिक्वाखोला, सिदिङ्वा र स्थानीय तह नखुलेका १–१, तेह्रथुमको म्याङलुङमा २८, मेन्छायेम र स्थानीय तह नखुलेका १–१ जना र इलामको इलाम नगरपालिकामा ६, चुलाचुलीमा २, देउमाई, रोङ र सुर्योदयमा १–१ जनामा कोरोना संक्रमण भएको छ ।

पाँचथरको फालेलुङमा ५ र फिदिममा १, खोटाङको खोटेहाङमा ३ र स्थानीय तह नखुलेका १, संखुवासभाको खाँदबारीमा २, पाँचखपनमा १, भोजपुरमा २, धनकुटामा १ र प्रदेश १ बाहिरका ४२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३८ हजार ९२० पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार ३०२ संक्रमणमुक्त भएका छन् । आज मात्र ७० जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ८ हजार ५० पुगेको छ ।

Back to top button