कृषिउपज बजार पुर्‍याउन इटहरी उपमहानगरको पहल

इटहरी । कृषी उपजलाई बजारसम्म पुर्‍याउन इटहरी उपमहानगरपालिकाले सहिजकरण गरेको छ । लामोसमयको लकडाउनका कारण सब्जि बारिमै कुहिन थालेको गुनासो आएसँगै इटहरी उपमहानगपालिकाले सम्बन्धित पक्षसँग छलफल गरि समाधान खोजेको हो ।

लकडाउनले पीडित वनेका कृषकको समस्या समाधान गर्न उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले पीडित कृषक र थोक विक्रेताहरुसँग छलफल गर्नुभएको छ । छलफलपछि होलसेल ब्यापारीहरुले बारिमै गएर कृषकका सब्जि उठाउने भएका छन् ।

क्विन्टल भन्दा माथि भए कृषकको बारिमै गएर उठाउने र त्यो भन्दा थोरै भए कृषकले पसलमा ल्याइदिने सहमति भएको उपप्रमुख गौतमले जानकारी दिनुभयो । लकडाउनका कारण उत्पादित सब्जि बजारसम्म पुर्‍याउन नसक्दा कुहिएर कृषकहरु पीडित वनेको गुनासोपछि उपप्रमुख गौतमले बारिमै पुगेर अनुगमन समेत गर्नुभएको छ ।

अनुगमनका क्रममा आफूले किसानहरु पीडित भएको पाएकाले समन्वय गरेको उपप्रमुख गौतमले वताउनुभयो । भारतदेखि तरकारी आयात भइरहेको तर आफ्नै ठाँउमा उत्पादित तरकारी कुहिएर जानु हुदैन भन्ने अभिप्रायले थोक विक्रेताहरुसँग समन्वय गर्दा उहाँहरु सकारात्मक पाएको उहाँले बताउनुभयो । लकडाउनको वेला पाकेको तरकारी वालीले वजार पाउने भएपछि कृषकहरु खुशी भएका छन ।

Back to top button