अध्यक्ष पोखरेलको आग्रह कोरोना संक्रमितलाइ अँत्याउने र हताेत्साही बनाउन काम नगरौ

सुजन काफ्ले
दोलखा । जिल्लाको तामाकोसी गाउँपालिकाका अध्यक्ष इश्वरचन्द्र पोखरेलले कोरोना संक्रमितलाइ अँत्याउने र हताेत्साही बनाउने काम नगर्न आग्रह गरेका छन।

गाउँपालिकाले डाक्टर सहितकाे उपचारको
ब्यवस्था मालु र किर्नेमा गरेकोले स्थानियहरुलाइ नआत्तिन र हताेत्साही बनाउने काम नगर्न अध्यक्ष पोखरेलले सामाजिक सन्जाल फेसबुकमार्फत आग्रह गरेका हुन।

अध्यक्ष पोखरेलले फेसबुकमा लेखेका छन सबै वडाहरुमा पुर्याउनु पर्ने अाैषधि पुर्याइएकाे छ ।अक्सिजन पर्याप्त मात्रामा उपलब्ध छ । अाैषधि सहित काउन्सिलिङ गर्न स्वास्थ्यकर्मी घरमै पुग्छन । अापत परेमा २ वटा एम्बुलेन्स र दुईवटा गाडी स्ट्याण्डबाई राखिएकाे छ । सम्पर्क नम्बर अध्यक्ष , उपाध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत , वडा अध्यक्षहरु , स्वास्थ्य संयाेजक , स्वास्थ्य चाैकी इञ्चार्ज हरु र एम्बुलेन्स हरुकाे उपलब्ध गराइएकाे छ । बरु टिनएजर्स हरुलाई घरमै अनुशासित भएर बस्न लगाअाैं । सूचना पाउँनासाथ जाँच गर्न घरमै स्वास्थ्यकर्मी अाइपुग्छन् । हामीले याे भन्दा के गर्नुपर्ने के हाे ? कृपया सम्भावना हुने कुराकाे सुझाव पाउँ। अाैषधि नि:शुल्क एम्बुलेन्स नि:शुल्क उपलब्ध छ । जिल्ला बाहिर लैजानु परेमा अस्पताल र बेडकाे ग्यारेन्टी गरेर तुरुन्त पठाइन्छ ।

गाउँपालिकामा बिहीवार मात्र ३४ जनामा कोरोना पोजिटिभ देखिएको थियो । जसमा गाउँपालिकाको एउटै वडा सहरेमा मात्र २५ जनामा कोरोना पोजिटिभ देखिए सगै सामाजिक संजाल विभिन्न किसिमका टिका- टिपणी हुन थालेपछि अध्यक्ष पोखरेलले यस्तो आग्रह गरेका हुन।

Back to top button