मोरङमा थपियो १० दिन निषेधाज्ञा

विराटनगर । मोरङमा जारी निषेधाज्ञा १० दिन थप गरिएको छ । आज बसेको बैठकले आगामी जेठ ११ गतेसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता शरदकुमार पोखरेलका अनुसार बैठकले कोरोना महामारीका कारण संक्रमण र मृत्युदर बढ्दै गएकाले निषेधाज्ञालाई पनि थप कडाईका साथ कार्यान्वयन गराउने निर्णय भएको छ ।

बैंक तथा वित्तिय संस्थाहरुले पनि सिमित सेवा मात्रै प्रदान गर्ने जानकारी दिँदै उहाँले त्यसका लागि नेपाल राष्ट्र बैंकको क्षेत्रीय कार्यालय विराटनगरले समन्वय गर्ने बताउनुभयो ।

यस्तै तीन वटै तहका सरकार मातहत रहेका कार्यालयहरु पनि अत्यावश्यक बाहेकका बन्द रहने भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले जेठ १ गते राती १२ बजेसम्मका लागि दोस्रो पटक जिल्लाभरी लागू हुने गरी निषेधाज्ञा आदेश जारी गरेको थियो ।

Back to top button