तामाकोसी गाउँपालिकामा ७० बेडको क्वारेन्टाइन तयार ,कोरोना रोकथाममा यस्तो छ गाउँपालिकाको तयारी

सुजन काफ्ले
दोलखा । जिल्लाको तामाकोसी गाउँपालिकाले
७० बेडको क्वारेन्टाइन तयार गरेको छ।
गाउँपालिकाले जिल्ला बाहिरबाट गाउँपालिका आउनेहरुका लागि बिधालयहरु र हेल्थ पोस्टमा गरेर ७ वटै वडामा १०/ १० बेडको क्वारेन्टाइन तयार गरेको हो।
वडा नंम्बर १ मा नारायणी मावि, वडा नंम्बर २ मा अमर मावि ,वडा नंम्बर ३ मा चनौटे आवि ,वडा नंम्बर ४ मा गोल्मेश्वर मावि ,वडा नंम्बर ५ म पुरानो हेल्थ पोस्ट भवन ,वडा नंम्बर ६ म महेन्द्र मावि र वडा नंम्बर ७ अम्बिका माबीमा क्वारेन्टाइन तयार गरिएको तामाकोसी गाउँपालिकाका अध्यक्ष इश्वर चन्द्र पोखरेलले जानकारी दिनुभयो। अन्य स्थानबाट गाउँपालिका भित्र प्रवेशमा थप
कडाई गरिएको तामाकोसी गाउँपालिकाका सुचना अधिकारी पवन राज फुयालले जानकारी दिनुभयो। फुयालले बताए अनुसार गाउँपालिका भित्र प्रवेश गर्नेहरुले ७२ घण्टे पिसिआर रिपोर्ट या अनिवार्य तोकिएको स्थानको क्वारेन्टाइनमा बस्नुपर्ने छ।
गाउँपालिकाको मालु स्थित कोभिड हस्पिटलमा आइतवार र बुधबार र किर्नेटारमा रहेको धुलिखेल हस्पिटलमा सोमबार र बिहिवार पिसिआरको लागि स्वाव संकलन गरिने तथा आपतकालिन अवस्थामा जुनसुकै बेला स्वाव संकलन गरिने तामाकोसी गाउँपालिकाका स्वास्थ्य संयोजक अरुण कुमार मिश्रले जानकारी दिनुभयो।

कोभिड १९ को महामारीसँग प्रतिकार गर्नका लागि यस्तो छ तामाकोशी गाउँपालिकाको तयारी
१. गाउँपालिकाको सबै वडामा १०/१० वेड गरी कुल ७० वेडको क्वारेन्टाइनको व्यवस्था गरिएको । आवश्यकता अनुसार थप वेडको व्यवस्थापन गर्न सकिने गरी तयारी रहेको ।
वडा नं. १ – नारायणी मावि ।
वडा नं. २ – अमर मावि ।
वडा नं. ३ – चनौटे आवि ।
वडा नं. ४ – गोल्मेश्वर मावि ।
वडा नं. ५ – पुरानो हेल्थ पोस्ट भवन ।
वडा नं. ६ – महेन्द्र मावि ।
वडा नं. ७ – अम्बिका आवि ।
* गाउँपालिकामा ५० वेडभन्दा बढी तयारी हालतमा राखिएको ।
३.सबै क्वारेन्टाइनमा स्वयंसेवकको व्यवस्था गरिएको (क्वारेन्टाइनमा बस्ने व्यक्तिहरुलाई प्रतिदिन प्रतिव्यक्ति रु. ३००/- बराबरको खानाखाजा उपलब्ध गराईएको )
४. गाउँपालिकाको मालु स्थित कोभिड हस्पिटलमा आइतवार र बुधबार बिहानको र किर्नेटारमा रहेको धुलिखेल हस्पिटलमा सोमबार र बिहिवार पिसिआरको लागि स्वाव संकलन गरिने तथा आपतकालिन अवस्थामा जुनसुकै बेला गरिने ।
५. अन्य सबै वडाहरुमा आवश्यकताअनुसार स्वाव संकलन कार्य जारी राखिएको ।
६. सबै वडामा स्वास्थ्यकर्मी सहितको टोली मार्फत टोलटोलमा पुगी स्वाव संकलन, औषधि वितरण तथा वस्तुस्थितिको अनुगमन गरी आवश्यक कदम चालिने व्यवस्था मिलाइएको ।
७. मिति २०७८ जेठ २ को निर्णय अनुसार अन्य स्थानबाट गाउँपालिका भित्र प्रवेशमा थप कडाई तथा आउनेहरुको लागि ७२ घण्टे पिसिआर रिपोर्ट या अनिवार्य तोकिएको स्थानमा क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको ।
-कृपया आफु बाँचौ अरुलाई पनि बचाऔँ ! घरमै बसौं सुरक्षित रहौँ !!
तामाकोशी गाउँपालिका ।

Back to top button