फिफा विश्वकप र एसियन कपका छनौट खेल नखेल्ने उत्तर कोरियाको निर्णय

विराटनगर । उत्तर कोरियाले फिफा विश्वकप र एसियन कपका छनौट खेल नखेल्ने निर्णय लिएको छ । एसियन फुटबल फेडेरेसन ‘एएफसी’ले उत्तर कोरियाले छनोटबाट नाम फिर्ता लिएको जनाएको हो ।

एएफसीले उत्तर कोरियाले नाम फिर्ता लिनुको कारण भने खुलाएको छैन । छनौट समूहको ‘एच’मा रहेको उत्तर कोरिया ८ अंक जोडेर चौथो स्थानमा छ ।

एएफसीले उत्तर कोरियाको निर्णय फिफाको आयोजक समितिलाई पठाइएको उल्लेख गरेको छ । एच समूहमा उत्तर कोरिया, दक्षिण कोरिया, तुर्किमिनिस्तान, लेबनान र श्रीलंका रहेका छन् ।

Back to top button