अमेरिका बस्दै आएका कार्की द्वारा माझी परिवारलाइ नगद सहित सहित खाद्यान्न सामाग्री सहयोग

सुजन काफ्ले
दोलखा । जिल्लाको तामाकोसी गाउँपालिका १ भिरकोटका रामचन्द्र कार्किले माझी परिवारलाइ नगद सहित सहित खाद्यान्न सामाग्री सहयोग गरेका छन।
भिरकोट असारेका रामचन्द्र कार्कीले माझीगाउँका ५ परिवारलाई खाद्यान्न सामाग्री र अपाङ्ग माझिलाइ नगद ४ हजार सहयोग गरेका हुन।
स्थानिय शिक्षक संतोष कार्किले माझिहरुलाइ सहयोग गर्न आग्रह गरेपछी नगद सहित खाद्यान्न सामाग्री सहयोग गरेको कार्किले बताए
अपाङ्ग रहेका दिपेन्द्र माझीलाई नगद ४ हजार र ५ जना माझिका परिवारलाइ चामल, नुन तेल लगायत खाद्यान्न सामाग्री गरिएको शिक्षक सन्तोष कार्किले बताए । खुसी हुँदै माझी परिवारले रामचन्द्र कार्किलाइ धन्यवाद दिएका थिए ।
स्थायी घर भिरकोट रहेका कार्की हाल अमेरिकामा बसोबास गर्दै आएका छन।

Back to top button