इटहरीमा एक साता बैंक तथा वित्तीय संस्था बन्द

इटहरी । इटहरी उपमहानगरपालिकाले कोरोना संक्रमण न्यूनीकरणका लागि बैंक तथा बित्तीय संस्था एक हप्ताका लागि आजदेखि बन्द गर्ने निर्णय गरेको छ ।

उपमहानगर प्रमुख द्धारीकलाल चौधरीको अध्यक्षतामा बसेको बैंक तथा बित्तीय संस्थाका प्रतिनिधिहरुको संयुक्त बैठकले कोरोना संक्रमणको जोखिम न्युनीकरणकालागी जेठ ३ गतेदेखि ७ गतेसम्म सम्पुर्ण कारोवार बन्द गर्ने निर्णय गरेको हो ।

बैंक तथा वित्तीय संस्थामा स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाई भिडभाड हुँदै आएकाले बन्द गर्ने निर्णय गरिएको प्रमुख चौधरीले बताउनुभयो ।

Back to top button