कोरोना संक्रमित निको हुने क्रम बढ्दै

काठमाडौं । पछिल्लो केही दिनदेखि कोरोना संक्रमित निको हुने दर बढ्न थालेको छ । स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमण मुक्त हुने यो संख्या हालसम्मकै उच्च हो ।

वैसाख २७ गते ४ हजार ७, २८ गते ५ हजार २२५, २९ गते ४ हजार ४४४, ३० गते ५ हजार ५५ ३१ गते ६ हजार १३५, जेठ १ गते ५ हजार ४५५ र जेठ २ गते ६ हजार ६४८ जना संक्रमण मुक्त भएका हुन् ।

आइतबारसम्म ४ लाख ५५ हजार २० जनालाई कोरोना पोजिटिभ देखिएकामा ३ लाख ३९ हजार ७ सय ५६ जना निको भइसकेका छन् ।

Back to top button