कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने प्रधानमन्त्री ओलीको संकल्प

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मदन आश्रित स्मृति दिवसको अबसरमा कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने संकल्प गर्नुभएको छ ।

स्मृति दिवसको अवसरमा सोमबार जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओलीले जनताको बहुदलीय जनवादको रक्षा गर्दै कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्न दृढ संकल्पित रहेको बताउनुभएको हो ।

राष्ट्र र जनताका लागि मदन भण्डारीले पुर्‍याएको योगदानहरु दूरगामी महत्वको र अतुलनीय रहेको विज्ञप्तीमा उल्लेख छ । ‘भण्डारीले देखेको एकीकृत कम्युनिष्ट आन्दोलनको सपना पूरा गर्न ३ वर्षअघि नेकपा माओवादी केन्द्रसँगको एकता पनि हो,’ विज्ञप्तीमा भनिएको छ, ‘तर कतिपय नेताहरुको विभाजनकारी एवं अस्थिर र अवसरबादी सोचका कारण यो पूरा हुन सकेन ।’

अधिकारको प्राप्ति, अवसरमा पहुँच, सामाजिक न्याय र समानताको सुनिश्चितता भएको समाज निर्माण गर्दै राष्ट्रियताको सम्बर्द्धन र राष्ट्रिय हितको रक्षाको लागि अविचलित रुपमा क्रियाशिल रहने प्रधानमन्त्री ओलीले विज्ञप्तीमाफर्त प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

२०५० साल जेठ ३ गते चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुंगामा भएको जिप दुर्घटनामा मारिएका तत्कालीन पार्टी महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृतिमा हरेक जेठ ३ गते मदन आश्रित स्मृति दिवस मनाउँदै आएको छ ।

Back to top button