राष्ट्रिसभा सदस्यमा थापालाई मतदान गर्न एमालेको निर्देशन

काठमाडौं । राष्ट्रियसभा सदस्यमा रामबहादुर थापालाई मतदान गर्न नेकपा एमालले निर्देशन दिएको छ । जेठ ६ गते हुन गइरहेको बागमती प्रदेशको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा एमालेबाट थापा उम्मेदवार हुनुहन्छ ।

एमालेका महासचिव ईश्वर पोखरेलले प्रदेसभा सदस्य र बागमती प्रदेश अन्तर्गतका स्थानीय तहका प्रमुख र उप्रमुखका नाममा पार्टीका आधिकारिक उम्मेदवार थापालाई मतदान गर्न पत्राचार गर्नु भएको हो ।

हेटौंडामा हुने मतदान कार्यक्रममा अनिवार्य उपस्थित भई पार्टीको उम्मेदवारलाई मतदान गर्न पार्टीको निर्णयका आधारमा पत्रमार्फत उहाँले निर्देशन दिनु भएको छ ।

बागमती प्रदेशसभा र स्थानीय तहमा एमालेको एकल बहुमत छ । पार्टीको ह्विप अनुसार मतदान भएपछि थापाको जित सुनिश्चित रहेको तथ्यांक छ । राप्रपाले पनि उपनिर्वाचनमा थापालाई मतदान गर्न ह्विप जारी गरेको छ ।

राप्रपाको बाागमति प्रदेशमा दुई जना प्रदेशसभा सदस्य र गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष छन् । उपचुनावमा विपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र लगायत दलको तर्फबाट खिमलाल देवकोटालाई उम्मेदवार बनाएका छन्।

Back to top button