जसपाकै नेतृत्वमा सरकार बनाउने ठाकुर र यादवबीच सहमति

काठमाडौं । जनता समाजवादी पार्टी ‘जसपा’ नेपालका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने सहमति भएको छ ।

जसपाभित्र सरकारमा सहभागि हुने र नहुने मतान्तर भइरहेकाबेला दुई नेताबीचको छलफलले आफ्नै नेतृत्वमा सरकार बनाउने सहमति गरेको हो । पार्टीमा उत्पन्न समस्याहरुलाई पार्टीभित्र छलफल गरी विधान बमोजिम समाधान गरिनुपर्नेमा दुई अध्यक्षद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Back to top button