प्रदेश १ मा ६७३ संक्रमित थपिए

विराटनगर–प्रदेश १ माआज ६७३ जनाकोरोना संक्रमित थपिएका छन् । मोरङमा ३०६, सुनसरीमा १६४, झापामा ६१, धनकुटामा ४४, उदयपुरमा २१, भोजपुरमा १८, संखुवासभामा १३, इलाममा १२, पाँचथर र ताप्लेजुङमा ७–७, तेह्रथुममा १ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको सामाजि कविकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ७५ महिलार १०१ पुरुष सहित १७६, बेलबारीमा ३३, सुन्दरहरैचामा २७, रतुवामाईमा १७, केराबारीमा १४, कटहरीमा ९, जहदा र बुढीगंगामा ६–६, सुनबर्षी र ग्रामथानमा ४–४, धनपालथानमा ३, रंगेली र स्थानीय तह नखुलेका ४, पथरीशनिश्चरे, उर्लाबारी र मिक्लाजुङमा १–१, सुनसरीको धरानमा ६३, इनरुवामा ४१, इटहरीमा ३०, दुहवीमा ८, बराहक्षेत्रमा ६, बर्जुमा ५, रामधुनीमा ३, देवानगञ्जमा २ र स्थानीय तह नखुलेका ६, झापाको कमल गाउँपालिकामा २९, दमकमा १८, गौरीगञ्ज, गौरादह र स्थानीय तह नखुलेका ४–४, शिवसताक्षी र भद्रपुरमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

धनकुटाको शहिदभूमीमा १९, धनकुटा नगरपालिकामा १३, साँघुरीगढीमा ९, महालक्ष्मीमा २, पाख्रिवासमा १, उदयपुरको त्रियुगामा १८, उदयपुरगढीमा २ र स्थानीय तह नखुलेका १, भोजपुरको षडानन्दमा १२, पौवादुङ्मा २, अरुणमा १ र स्थानीय तह नखुलेका २, संखुवासभाको सभापोखरीमा ११, खाँदबारी र स्थानीय तह नखुलेका १–१, इलामको माईजोगमाईमा १०, इलामनगरपालिका र चुलाचुलीमा १–१, पाँचथरको मिक्लाजुङमा७, ताप्लेजुङको मेरिङदेनमा ६ र स्थानीय तह नखुलेका १, तेह्रथुमको लालीगुराँसमा १ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४८हजार ५४१ पुगेको छ । संक्रमित भएकामध्ये ३१ हजार ७९२ संक्रमण मुक्त भएका छन् । बिहीबार २१९ जना संक्रमण मुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १६ हजार २१ पुगेको छ । प्रदेश १ मा बिहीबार १ हजार ४११ जनाको पीसीआर परीक्षण गरिएको छ ।

Back to top button