प्रदेश १ मा एक हजार ३९ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज एक हजार ३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३३०, झापामा २४२, सुनसरीमा १७८, इलाममा ६०, ताप्लेजुङमा ५१, खोटाङमा ३२,पाँचथरमा २६,तेह्रथुममा २७, धनकुटामा १३, संखुवासभामा ९, उदयपुरमा ७, भोजपुरमा ३ र प्रदेश १ बाहिरका ६१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ८२ महिला र ७१ पुरुषसहित १५३, रंगेलीमा ४२, सुन्दरहरैचामा ३७, रतुवामाईमा २२,उर्लाबारीमा १९, बेलबारीमा ११, पथरीशनिश्चरे र कानेपोखरीमा १०–१०, बुढीगंगामा ७, ग्रामथान र कटहरीमा४–४, जहदामा ३, मिक्लाजुङ र सुनबर्षीमा २–२, धनपालथान, केराबारी, लेटाङ र स्थानीय तह नखुलेका २ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको हो ।

झापाको विर्तामोडमा ४४, भद्रपुरमा ४३, दमकमा ३४, अर्जुनधारा र मेचीनगरमा २५–२५, कनकाईमा १८, कमलगाउँपालिका र स्थानीय तह नखुलेका १०–१०, बुद्धशान्तिमा ९, हल्दिबारीमा७, शिवसताक्षी र कचनकवलमा ५–५, बाह्रदशीमा ३, गौरादह र झापा गाउँपालिकामा २–२, सुनसरीको धरानमा ६३, इटहरीमा ३७, देवानगञ्जमा २३, इनरुवामा १९, दुहवीमा १०, रामधुनीमा७, बराहक्षेत्रमा ४, गढी र बर्जुमा ३–३, हरिनगर र कोशी गाउँपालिकामा २–२ र स्थानीय तह नखुलेका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

इलामको इलाम नगरपाकिलामा २१, मोइजोगमाईमा १५, रोङमा १३, सुर्योदयमा १० र स्थानीय तह नखुलेका १, ताप्लेजुङको फुङलिङमा ४३, पाथीभरा याङवरकमा ७, स्थानीय तह नखुलेका १, खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा ३२, पाँचथरको फिदिममा २४, हिलिहाङ र स्थानीय तह नखुलेका १–१, तेह्रथुमको म्याङलुङमा २५, आठराईमा २ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको हो ।

धनकुटाको धनकुटा नगरपालिकामा ९, शहिदभूमी, पाख्रीवास, छथर र स्थानीय तह नखुलेका २, संखुवासभाको चैनपुरमा ७ र खाँदबारीमा २, उदयपुरको त्रियुगामा ४, उदयपुरगढीमा २ र स्थानीय तह नखुलेका १, भोजपुरको भोजपुर नगरपालिका, साल्पासिलिछो र स्थानीय तह नखुलेका २ र प्रदेश १ बाहिरका ६१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १मा कोरोना संक्रमितको संख्या ४९ हजार ५८० पुगेको छ । संक्रमित भएकामध्ये ३२ हजार ९ जना संक्रमण मुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १६ हजार ८३६ पुगेको छ । प्रदेश १ मा आज २ हजार ५८६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

Back to top button