कांग्रेसको आकस्मिक वैठक बस्दै, केहिबेरपछि देउवा निवासमा वैठक शुरु हुने

काठमाडौं । प्रमुख नेपाली प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको आकस्मिक बैठक बोलाउनुभएको छ ।

देउवा निवास बूढानीलकण्ठमा केहिबेरपछि नै बैठक बस्न लागेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा गएराती प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी मिति तोकेपछि नेपाली कांग्रेसको आकस्मिक बैठक बस्न लागेको हो ।

उक्त निर्णयको कांग्रेसका नेताहरुले चर्को विरोध गरेका छन् । बैठकले सरकारको कदमको प्रतिवाद गर्ने गरी रणनीति तय गर्ने बुझिएको छ ।

Back to top button