नेपाल आइपुग्यो स्विटजरल्याण्ड सरकारको ९४ करोडको स्वास्थ्य सामग्री

काठमाडौं । स्वीट्जरल्यान्ड सरकारले पठाएको ९४ करोड मूल्य बराबरको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । स्वीटजरल्याण्डकी राजदूत एलिजाबेथ भोन क्यापेलरले उक्त स्वास्थ्य सामग्री त्रीभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गर्नु भएको हो ।

स्विटजरल्याण्ड सरकारबाट ४० थान भेण्टिलेटर, अक्सिजन कन्सेन्ट्रेटर, ११ लाख र्‍यापिड एण्टिजेन टेस्ट किट, १ लाख १० हजार केएन ९५ मास्क, ५० हजार पञ्जा र १५ हजार थान पीपीई प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोनाविरुद्धको महामारीमा स्वीट्जरल्यान्ड नेपालीको साथमा रहेको राजदूत क्यापेलरले बताउनुभयो । यहाँ प्राप्त स्वास्थ्य सामग्रीले कोरोना संक्रमित नेपालीहरुको जीवन रक्षाका लागि सहयोग पुग्ने क्यापेलरले बताउनुभयो ।

Back to top button