
विराटनगर । कानेपोखरी ६ स्थित हेरिका निर्माण सेवा प्रालिको माछा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । पथरी शनिश्चरे नगरपालिका ८ मंगलबारेका २७ वर्षीय बिनोद पाण्डेको मृत्यु भएको हो ।
पोखरीमा डुबेर शनिबार बेपत्ता भएका पाण्डेको शव आज उक्त पोखरीमै स्थानीयको सहयोगमा फेला परेको जिल्ला प्रहरी मोरङले जनाएको छ ।